बासको ग्यारेन्टी गर्नेलाई मात्र भोट हाल्ने : गैडाकोटका भुमिहिन सुकुम्बासिको चेतावनी

गैडाकोट ।
गैडाकोट नगरपालिका भित्रका भुमिहिन सुकुम्बासिहरुले आफ्नो बासको ग्यारेन्टी गर्न माग गरेका छन् । अवको स्थानिय तहको निर्वाचनमा भुमिहिन सुकुम्बासीहरुको माग र अधिकार बारे लिखित प्रतिवद्धता गर्ने दल आएमात्र आफुहरु भोट हाल्ने उनिहरुले बताएका हुन् । आज गैडाकोट ८ मा स्थानिय तहको चुनावमा कस्ता व्यक्ति छनोट गर्ने भन्ने विषयमा भएको छलफल कार्यक्रममा सुकुम्बासिहरुले यस्तो माग गरेका हुन् ।
छलफलमा बोल्दै गैरि गाँउ भुमि अधिकार मञ्चका अध्यक्ष लक्ष्मी चौधरीले भुमिहिनको माग पुरा गर्ने सक्ने नेता छनोट गर्न सवैलाई आग्रह गर्नुभयो । भुमि अधिकार मञ्चका सल्लाहार लक्ष्मण पुरीले संविधानले दिएको वासको अधिकार भुमिहिन सुकुम्बासीलाइृ नदिए सम्म अवको स्थानिय चुनावमा भाग नलिने चेतावनी दिनु भयो । छलफलबाट बैशाखको १८ गते सोमबार काग्रेसचोकको खेलकुद ग्राउण्डमा भुमि सभा गरिने निर्णय समेत भएको भुमिअधिकार कर्मी, भुमि अधिकार मञ्च गैडाकोट नगर समितिको सचिव लालु खनालले जानकारी दिनु भयो ।
सचेतना गाँउ भुमि अधिकार मञ्चका अध्यक्ष लक्ष्मण विक, विपत व्यवस्थापन समिति गैडाकोट ६ कि कोषाध्यक्ष मनदेवि चापागाई खनाल, महिला अधिकार मञ्चको सदस्य तारा परियार, गैडाकोट वाड २ को गाँउ भुमि अधिकार मञ्चका अध्यक्ष इन्द्र बाहादुर विक, भुमि अधिकार मञ्चको पुर्व जिल्ला सचिव दल बाहादुर थापा लगाएतले आफ्ना समस्या छलफलमा राख्दै सरकारले सीमा क्षेत्रमा भएको अतिक्रमणको विवादमा नेपालीको ज्यान जादा समेत जवाफ नदिने र बोल्न डाराउने गरेको तर सुकुम्बासिलाई वासको विषयमा बैठक राखि राखि विवाद झिक्ने गरेको आरोप लगाएका थिए ।

छलफलमा गैडाकोट नगरपालिकका १७ वटै गाविसका २ दर्जन बढि सुकुम्बासीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नववर्ष २०७४को अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो । कार्यक्रम राष्ट्रि भुमि अधिकारमञ्च गैडाकोट नगरसमितिको अध्यक्ष दिपक परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

Loading...