सात प्रतिशत नेपाली महिलाले धुम्रपान गर्छन्

एक प्रतिशत मानिसले मात्र फलफुल सेवन गर्ने स्वास्थ्य मन्त्रालयको तथ्यांक

काठमाडौँ । नेपालमा सात प्रतिशत महिलाले चुरोट पिउने गरेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्यमन्त्रालयको तथ्यांक अनुसार सात प्रतिशत महिलाले धुम्रपान गर्ने गरेका छन् ।

त्यस्तै जनसंख्याको झण्डै ५० प्रतिशत पुरुषहरुमा धुम्रपान गर्ने गरेका छन् । जसमध्ये करिब १७ प्रतिशतले नियमित चुरोट सेवन गर्ने गरेको स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सुनाए ।

त्यस्तै करिब ६० प्रतिशतले मद्यपान गर्ने गरेका छन् । यही अनुपातमा हेर्ने हो भने फलफुल सेवन गर्नेको संख्या नगन्य छ । नेपालमा जम्मा एक प्रतिशत मानिसले मात्रै नियमित फलफुलको सेवन गर्ने गरेको सचिव उप्रेतीले जानकारी दिए ।

नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या समेत बढेको एक तथ्यांकले देखाएको छ । स्वास्थ्य मन्त्रालयले सन् २०१४गरेको एक अनुसन्धान अनुसार नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या वर्षेनी एक लाख ८६ हजार पुग्ने गरेको छ । त्यसमध्य प्रत्येक पाँचजनाको मृत्युमध्ये तीनजनाको मृत्युको कारण नसर्ने रोग हुने गरेको पाइएको छ ।

त्यसबाहेक अस्पतालमा भर्ना हुने कुल विरामी मध्ये ६० प्रतिशतमा नसर्ने रोगको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Loading...