स्थानीय तहको अधिकार खोस्दै निजि विद्यालय खोल्न अनुमति

काठमाडौँ । संविधानले बिद्यालय खोल्न अनुमति दिने अधिकार स्थानीय निकायलाई दिएपनि शिक्षामन्त्री धनिराम पौडेलले नयाँ निजी स्कुल खोल्न अनुमति दिने निर्णय गरेका छन् ।

आजको कान्तिपुर दैनिकका अनुसार पौडेलले अघिल्लो शुक्रबार मुलुकभर कक्षा १ मा शैक्षिक गुठीमा विद्यालय खोल्न र कक्षा थप्न दिने निर्णय गरेका हुन् । यो निर्णयले कार्यान्वयनमा आइसकेको स्थानीय तहको अधिकारसमेत कटौती भएको छ ।

Loading...