महासंघमा निर्वाचित सदस्यलाई सम्मान

चितवन । उद्योग बाणिज्य संघ चितवनले नेपाल उद्योग बाणिज्य महासंघको ५१ औ वार्षिक साधारण सभा बाट महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित हरुलाई सम्मान गरेको छ । कार्यालयमा एक कार्यक्रमको आयोजना गरि  उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष खकल्याण जोसी र पुर्व अध्यक्ष डा तिलचन्द्र भट्राईलाई स्वागत सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष खकल्याण जोसी जिल्ला तथा नगर उद्योग बाणिज्य संघको सुल्ला तर्फबाट केन्द्रिय कार्यकारीणी समिति सदस्य र डा भट्राई बस्तुगत संघको तर्फबाट केन्द्रिय कार्यकारीणी समिति सदस्यमा निर्वाचित हुनु भएको हो । कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका संस्थापक सचिव तथा पुर्व अध्यक्ष कृष्ण बन्दु पिया,पुर्व अध्यक्ष रमेश पिया,उक्तमलाल चुके, के एल भुषण लगायतले निर्वाचित पदाधिकारलिाई बधाई दिनु भउको थियो ।

कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले उध्यक्ष राजन गौतमको निकै ठुलो प्रयास र मेहनतको कारणले  चितवनले सफलता प्राप्त गरेको बताउनु भयो । चितवनले दुईजना केन्द्रिय सदस्यमा निर्वाचित गराउन सक्नु निकै ठुलो सफलता भएको अधयक्ष गौतमले बताउनु भयो । आफनो सारा टिमको कडा मेहनतले यो सफलता मिलेको उहा बताउनु हुन्छ ।

Loading...