बाबुले छोरीका प्रेमिकाको गुप्तांग काटिदिए

पाकिस्तानमा एक पिताले आफ्नी छोरीसँग प्रेम गरेको आरोपमा एक किशोरको गुप्तांग काटिदिएका छन् । स्थानीय १५ वर्षिय किशोरको गुप्ताङ्ग काटिदिनुका साथै उनले आँखा समेत फुटाइदिएका छन् । ती किसोर उनकी छोरीसँग प्रेम सम्बन्धमा थिए ।
लाहोरमा भएको सो घटनाका पीडितको उपचार स्थानीय अस्पतालमा जारी छ । ती किशोरका परिवारका अनुसार केटीका बुबा तीन जनासँग आएर उनका छोरालाई पीटेको र अपहरण गरेका थिए । उनीहरुले आफ्नो छोरालाई रावी नदीको छेउमा लगेर कुटपीट गरेका थिए ।
‘उनीहरुले छोराको गुप्तांग काटिदिए आँखा फाडिदिए’, पीडित किशोरका पिताले भने । घटनालगत्तै सबै आरोपीहरु फरार भएका थिए । उनलाई एक स्थानीयले उद्दार गरी अस्पतालमा भर्ना  गराएका थिए ।
घाइते युवकले प्रहरी समक्ष आफ्नो उजुरी दर्ता गरेका छन् । पीडितको वयानका आधारमा प्रहरीले सबै आरोपीलाई पक्राउ गरेको छ ।

Loading...