निजि विद्यालयको मनमपरीः सरोकारवाला माैन

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि ललितपुर र भक्तपुर जिल्ला शिक्षा कार्यालयले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेका छैनन् । मौकाको फाइदा उठाई निजी स्कुल सञ्चालकले मनपरी शुल्क वृद्धि गरिरहेका छन् ।

शिक्षा नियमावलीमा नयाँ शैक्षिक सत्र सुरु हुनु तीन महिनाअघि जिल्ला शिक्षा कार्यालयले जिल्लाका विद्यालयले पेस गरेको शुल्क प्रस्तावअनुसार सीमा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

नागरिक दैनिकका अनुसार, ललितपुरको जेम्स र लिटिल एन्जल्स स्कुलले १० प्रतिशत शुल्क वृद्धि गरिएको पत्र अभिभावकलाई पठाएका छन् । युलियन्सलगायतका विद्यालयले मनोमानी रुपमा शुल्क वृद्धि गरेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।

Loading...