रेखा बन्ने भइन् काठमाडौँ महानगरमा उपमेयरको उम्मेद्वार

काठमाडौँ । राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा नायिका रेखा थापालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

राप्रपा काठमाडौँ जिल्ला कार्यसमितिले महानगरको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा नायिका रेखा थापाको नाम सिफारिस गर्ने तयारी गरेको काठमाडौं अध्यक्ष नवराज सिंखडाले जानकारी दिए ।

दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका राजानाम राजाराम श्रेष्ठ भने मेयरको उम्मेदवार नबन्ने मनसायमा रहेको बताउँछन् । तर पार्टीले जिम्मेवारी दिए पूरा गर्न पछि नहट्ने उनको भनाइ छ ।

नायिका थापा भने हालै मात्र राप्रपामा प्रवेश गरेकी र केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभामा रेखा थापालाई माओवादीले समासदको उम्मेदवार बनाउने चर्चा थियो तर उनको नाम मतदाता नामावलीमा नरहेका कारण उनले टिकट पाउन सकेकी थिइनन् ।

Loading...