पुनर्निर्माणका लागि प्राविधक फिल्डमा खटिएनन्, अनुदान वितरणमा समस्या

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले खटाएका प्राविधिक फिल्डमा जान अटेर गरेकाले भूकम्पपीडितलाई अनुदान वितरणमा समस्या परेको जनाएको छ । जसका कारण दोस्रो किस्ताबापतको अनुदान लिने पीडितको संख्या कम भएको उसको भनाइ छ ।

प्राधिकरणको तथ्यांकअनुसार २९ चैतसम्ममा पाँच लाख ४२ हजार नौ सय ६३ भूकम्पपीडितले पहिलो किस्ताबापतको अनुदान रकम लिएका छन् । तर दोस्रो किस्ताबापतको अनुदान संख्या दुई हजार नौ सय १७ मात्रै छ । यो भनेको ०.५३ प्रतिशत मात्रै हो ।

अाजको नयाँ पत्रिका दैनिकका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खटिन दुई हजार पाँच सय ६८ प्राविधिक कर्मचारीको दरबन्दी खडा गरिएको छ, तर अहिले सरकारले दुई हजार एक सय २० जना प्राविधिक मात्रै भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । चार सय ४८ प्राविधिक अझै पनि अपुग रहेको छ ।

Loading...