अष्ट्रेलियामा भिसा ‘४५७’ खारेज, नेपालीहरू प्रभावित

काठमाडौँ । अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ ।

आजको कान्तिपुर दैनिकका अनुसार अस्ट्रेलियका प्रधानमन्त्रीले विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाउने घोषणा गरिसकेका छन् । भिसा नियम ‘४५७’ अनुसार अस्ट्रेलियामा विदेशी कामदारले अष्ट्रिलियाली नागरिकसरह काम गर्ने अधिकार पाउँदै आएका थिए ।

श्रममा स्वदेशी नागरिकलाई प्राथमिकता दिने भन्दै यस्तो भिसा नियम पूरै हटाउन लागिएको हो । यो नियमले नेपालीहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । अहिले पनि बार्षिक सयौंको संख्यामा नेपालीहरु यही भिषा अन्तरगत अष्ट्रेलिय जाने गरेका छन् । अष्ट्रेलिया सरकारको यो निर्णयपछि नेपालीहरु पूर्ण प्रभावित हुनेछन्  ।

Loading...