बाबरी मस्जिद काण्डमा आडवाणीसहित १३ भाजपा नेता विरुद्ध मुद्दा दर्ता गर्न अनुमति

काठमाडौँ । बाबरी मस्जिद काण्डमा भाजपाका १३ नेताहरुमाथि अपराधिक गतिविधिमा संलग्न भएको भन्दै सर्वोच्च अदालतको मुद्दा चलाउनका लागि अनुमति दिएको छ । सीविआइले भाजपाका १३ नेतामाथि मुद्दा दायर गर्नका लागि अनुमती माग गरेको थियो ।

९ डिसेम्बर १९९२ मा भएको सो घटनामा पूर्व उपप्रधानमन्त्री लालकृष्ण अडवाणी, पूर्व मानव संसाधन मन्त्रि मुरली मनोहर जोसीसहित हालकी जल संशाधन मन्त्री उमा भारतीसहितका १३ जनामाथि मुद्दा चलाउन अनुमति दिएको हो ।

अदालतले २५ साल पुरानो यस घटनाका सबै सन्धिग्दहरुमाथि अपराधिक मामिलामा मुद्दा चलाउन अनुमति दिएको हो । सो घटनामा कुनै सयमका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी पछिका शक्तिशाली नेता आडवाणीसहितका नेतृत्वलाई मुद्दा लाग्ने भएको हो । उनी हाल गुजरातको गान्धीनगर लाकसभा सीटबाट सांसद छन् । यस मुद्दामा मुछिएका अर्का नेता जोशी वाचपेयी सरकारका मानव संशाधन मन्त्री थिए । हाल उनी भाजपाको मार्गदर्शक मण्डलमा छन् र उत्तर प्रदेशको कानपुरबाट सांसद रहेका छन् ।

त्यस्तै मोदी सरकारकी जल संशाधन मन्त्री भारतीलाई पनि यस काण्डमा मुछिएको छ । उनी मध्यप्रदेशकी पूर्व मुख्यमन्त्री हुन् । उनी वाजपेयी सरकारमा समेत मन्त्री थिइन् । सर्वोच्च अदालतको यो आदेशसँगै विपक्षीहरुले उनको राजिनामा माग गरेका छन् ।

राम जन्मभूमि आन्दोलनका प्रमुख अभियन्ता विनय कटियारलाईसमेत यस मुद्दामा मुछिएको छ । विश्व् हिन्दु परिषदको युवा संगठन बजरंग दलका पूर्व अध्यक्ष कटियार हाल भाजपाको तर्फबाट राज्यसभामा सांसद छन् । त्यस्तै विश्व हिन्दु परिषद र राष्ट्रिय स्वंमसेवक संघकी साध्वी ऋतभरा दुर्गा बाहिनीकी पूर्व अध्यक्ष हुन् । उनीमाथि समेत मुद्दा चलाउन अनुपति पाएको छ । त्यस्तै विष्णु हरि डालमिया, सतिश प्रधान, सी आर बंसल, आरबी वेदंती, जगदीश मुनि महाराज, बीएल शर्मा, नृत्य गोपाल दाश, धर्म दासमाथि पनि मुद्दा चलाउन अनुमति दिइएको छ ।

Loading...