भारतमा मे १ गते देखि मन्त्रीका गाडीमा बत्ती राख्न नपाइने

काठमाडौँ । भारतमा मन्त्री तथा संसदहरुले चढ्ने सवारी साधनमा लगाइँदै आएको साइरन जडित रातो बत्ति हटाइने भएको छ । केन्द्र सरकारले एक मे देखि लागु हुने गरी पुरै देशभर ‘लालबत्ति’ लगाउन रोक लगाउने भएको हो ।

यो फैसला भएसँगै केन्द्रीय मन्त्रीहरुले आफ्ना सवारी साधनमा लगाइएका वत्तिहरु निकाल्न सुरु गरेका छन् । भारतीय केन्द्रीय मन्त्रिपरिषदको बैठकले लाल वत्तिको संस्कारलाई अन्त्य गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयको अवज्ञा गर्नेलाई कारवाही समेत गरिने भएको छ ।

यातायात ममन्त्री नितिन गडकरीले भने, ‘मन्त्रिहरु जहाँ पनि लाल वत्तिसहित निस्किँदै आएका थिए यसले आम मानिसमा मन्त्रि तथा नेताहरु पनि आक्रोश सिर्जना भएको थियो जुन भिआइपी संस्कार थियो जुन लालबत्तिसँग जोडिएको थियो ।’ उनले यो नियम पालना नगर्नेलाई कानुनी कारवाही हुने समेत चेतावनी दिए ।

‘यो एकदम राम्रो नर्णय हो, यो निर्णयले जनतामा नेताहरुको छविलाई सुधार गर्ने छ’, मन्त्री गडकरीले भने, ‘सबै नेताहरु एकै हुनुपर्छ सबैले लाइनमा बस्नुपर्छ विदेशमा मन्त्रिहरु सार्वजनिक यातायात चढ्ने संस्कृति रहेको छ ।’ भिआइपी संस्कारको अन्त्यका लागि यो निर्णय आवश्यक रहेको उनको भनाइ थियो ।

यो निर्णयसँगै अब एम्वुलेन्स, फायर ब्रिगेड र प्रहरीलगायतका अत्यावश्यक सेवाका गाडीले मात्र साइरन सहितको वत्ति राख्न पाउने छन् । जुन निलो रंगको हुने छ ।

यो आदेश वमोजिम नियममा रहेको सो अधिकार कटौती भएको छ । जुन अधिकार अन्तर्गत भिआइपीलाई बत्ति राख्न अनुमति दिइँदै आएको थियो । मन्त्रिपरिषदको निर्णयवारे जानकारी दिँदै वित्तमन्त्री अरुण जेटलीले यो नियम कसैका लागि पनि छुट नहुने बताए । निर्णय सँगै केन्द्रीय मन्त्रि महेश शर्मा र गिरिराज सिंहले निर्णयको स्वागत गर्दै आफ्नो साधनमा रहेको वत्ति हटाएका छन् ।

Loading...