६ मधेसी दल एक बन्यो राजपा संसदको ठूलो दल

काठमाडौँ । ६ मधेसी दल एक भएका छन् । राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ३ प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने बाध्यकारी कानून बनेपछि साना दलहरु धमाधम एकता प्रक्रियामा सामेल भएका छन् । यही क्रममा ६ वटा मधेसी दल एक भएका हन् ।

 

तराई मधेसमा लामो समय संघर्ष गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ७ दल मध्ये ६ दल एक भइ राष्ट्रिय जनता पार्टी गठन भएको हो । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी गठन गरिएको हो । अब संसदमा राजपाको २५ सिट भएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३/३, फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी एक एक सिट रहेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने मधेसी दलहरुको एकतामा सहभागी भएको छैन । उपेन्द्र नेतृत्वको फोरम डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा एकता गर्ने तरखरमा छ । नयाँ शक्तिमा एक एक सिट रहेका दुई पार्टी एक भइसकेका छन् ।

Loading...