सगरमाथाको उचाइ साउन देखि नाप्न थालिने

काठमाडौँ । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्तरुपमा गर्ने भने पनि सरकारले आगामी साउनदेखि आफैं नाप्ने तयारी थालेको छ ।

त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ । साउनदेखि नाप्ने कामको प्रारम्भ गरिने बताइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा संसारभर चिनिएको शिखर हो ।

अाजको नेपाल समाचारपत्रका अनुसार विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयक्तरुपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बताए ।

इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको भारतका विज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताएका थिए । तर, नेपाल सरकारले भने भारतसँग संयुक्तरुपमा नाप्ने कुरा स्वीकार्य नभएको बताएको छ ।

Loading...