अाइजी नियुक्ती प्रकरणः गोप्य दस्तावेज लिक बारे छानविन सुरू गर्न निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेस गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानवीनका लागि प्रहरी प्रधान कार्यालय लाई आदेश दिएको छ ।

अाजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक पदमा आफ्नो दावीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्याङकन फारम कसरी उनको हात पर्यो, त्यसको छानबिन गर्न मन्त्रिपरिषदले आदेश दिएको हो ।

‘ति गोप्य र बाहिर ल्याउन नमिल्ने सरकारी कागजात कसरि बाहिर गयो भन्ने बिषयमा छानबिन गर्ने निर्णय भएको विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले बताए ।

Loading...