स्थानीय तहको निर्वाचनमा मतदान सुरू, प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुरको लक्ष्मी मावि पुगेर मतदान (फोटो फिचर)

काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सुरू भएको छ । संवैधानिक व्यवस्था अनुरूप संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज तीन प्रदेशका ३४ जिल्लामा मतदान भइरहेको छ ।

भर्खरबाट मतदान सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् । १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिकाको लक्ष्मी मावि केन्द्रमा पुगेर विहान सात बजे नै मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सपरिवार मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

भरतपुर महानगर पालिकामा प्रधानमन्त्रीपुत्री रेणु दाहाल उम्मेदवार छन् ।

Loading...