काभ्रेमा माअोवादी केन्द्रका कार्यकर्ताको गोली हानी हत्या

काभ्रे । जिल्लाको नमोबुद्धमा गोली हानेर माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या गरिएको छ । निर्वाचनको अघिल्लो रात (शनिबार) राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका कार्यकर्ता नबराज पाठकको हत्या भएको हो प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो रातको यस घटनाले मतदाता त्रसित भएका छन् ।

नेकपा माओवादी केन्द्र नमोबुद्वका सहइन्चार्ज हरि तिमल्सिनाले सशस्त्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् । माओवादीको जित हुने देखेर विरोधीले बन्दुक उठाएको बताए ।

Loading...