फोटोमा हेर्नुहोस मतदानको उत्साहा

काठमाडौँ । निर्वाचन आयोगले दिउँसो १२ बजेसम्म ३० देखि ५७ प्रतिशतसम्म मत खसेको बताएको छ । आयोगका प्रवत्ता सूर्यप्रसाद शर्माले विज्ञप्ती जारी गरेर बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको जनाएका छन् ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको प्रयास भइरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

सवैभन्दा बढी मत लमजुङमा खसेको छ भने मकवानपुर र धादिङमा सबैभन्दा कम मत खसेको छ । दिउसो सम्ममा लम्जुङमा ५७ प्रतिशत मत खसेको छ भने धादिङ र मकवानपुरमा ३० प्रतिशत मत खसेको अायोगले जनाएको छ ।

Loading...