राती राम्रोसँग निद्रा आउँदैन । त्यसैले मोबाइल चलाउने बानी परेको छ । कहिलेकाँही रातनै छर्लङ्ग जान्छ । यसले गर्दा अफिसमा काम गर्न पनि गाहृो हुन्छ । यसको समाधान के होला ? –साम्पास लिम्बु

आदर्श प्रधान
मनोपरामर्शदाता

साम्पासजी पर्याप्त निद्राको अभावमा सिक्ने क्षमतामा कमी, मस्तिष्कको क्षमतामा कमी, धेरै मोटोपना, उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरु लाग्न सक्दछ । यसका साथैै रोग संग लड्न सक्ने क्षमतामा समेत असर पु¥याँउदछ ।

यसले भावनात्मक रुपमा पनि समस्या लाउँदछ । धेरैजसोलाई नकरात्मक भावनाहरु आउने, अनाबश्यक रुपमा रिस उठीरहने समेत हुने गरेको पाइएको छ । निश्चय पनि गहन निद्राले मस्तिष्कलाई आराम पु¥याउँदछ । गहिरो निद्रा पछि बिहान उठ्दा तरोताजा महशुष हुन्छ । यसले काममा जोशजाँगरका साथ लाग्ने क्षमता, नयाँकुरा सिक्ने क्षमतालाई बढाँउछ । बिहान जर्बजस्ती नबिउझिने, जति खेर प्राकृतिक रुपमा बिँउझिन्छ त्यतिबेला उठ्नु स्वास्थको हिसाबले राम्रो मानिन्छ ।

त्यसैले साम्पासजी मोबाइललाई बेडमा नलानुस । मोबाइलले गर्दा पनि यहाँलाई निद्रा नलागेको हो । यहाँले निद्रा नलागेर मोबाइल चलाएको भन्नुभयो तर मोबाइलले झन निद्रालाई असर पु¥याउँछ । मोबाइलमा अझ भनौं फेसबुक र गेमहरु खेल्दा त झन निद्रा नै लाग्दैन । यसको लागि समयमा सुत्ने बानीको बिकास गर्नुहोला । नियमित रुपमा कसरत, ध्यान, बिश्रामको अभ्यास गर्नुहोस । कफी, चियाहरु सकेसम्म नपिउनुस सक्नु भएन कम गर्नुहोस । प्रशस्त मात्रामा पानी पिउनुहोस ।





Loading...