तथ्यांकमा यस्तो छ दोस्रो चरणको निर्वाचन

काठमाडौँ । पहिलो चरणको निर्वाचन सम्पन्न भएको तीन सात वितिसकेको छ । पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लाका २८३ स्थानीय तहमध्ये २८२ स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले काम गर्न थालिसकेका छन् । भरतपुर महानगरमा विवादका कारण मतगणना स्थगित भएको छ भने निर्वाचन अायोगले वडा नं. १९ मा पुन मतदानको निर्णय गरेको छ ।

दोस्रो चरणको निर्वाचन अन्यौलमा रहे पनि असार १४ गतेका लागि तयारी भइरहेको छ । दोस्रो चरणको निर्वाचन हुने ४ वटा प्रदेशमा दलहरू उम्मेदवार टुंगो लगाउँदै मतदातासमक्ष मत माग्न व्यस्त छन् भने अर्को तर्फ मतदाता मतदानका लागि व्यग्र प्रतिक्षामा छन् ।

यसपटको निर्वाचनमा पहिलो चरणको निर्वाचनमा भन्दा झण्डै दोब्बर मतदाताले अाफ्नो मताधिकार प्रयोग गर्दै छन् । त्यस्तै दोब्बर जनप्रतिनिधि पनि छनोट हुँदै छन् । दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५५७ मतदाताले अाफ्नो मताधिकार प्रयोग गर्दै छन् । पहिलो चरणको निर्वाचनमा यो संख्या ५० लाख १३ हजार १६० थियो ।

यसपटक चार प्रदेशका ४६१ स्थानीय तहमा२१ हजार ३५२ जना प्रतिनिधि निर्वाचित हुँदै छन् । यी प्रतिनिधि छनोटका लागि ६ हजार ७१८ मतदान स्थलमा ११ हजार ९३१ मतदान केन्द्रमा मतदानको व्यवस्था मिलाइँदै छ । प्रदेश नं. १, २, ५ र ७ का ४३ जिल्ला (प्रदेश विभाजनमा रूकुम र नवलपरासी टुक्रिएर दुर्इ थपिँदा जम्म ७७ जिल्ला हुँदा)का ४६१ स्थानीय तहका ४ हजार ८६ वटा वडाहरूमा निर्वाचन हुने छ । जसमध्ये २९३ गाउँपालिका, १५६ नगरपालिका, २ महानगरपालिका (हालै थपिएका वीरगञ्ज र विराटनगर), १० उपमहानगरपालिकामा निर्वाचन हुँदैछ ।

प्रदेश अनुसार कस्तो तथ्यांक
प्रदेश १
गाँउपालिकाः ८८
नगरपालिका ४६
उपमहानगर पालिकाः २
महानगरपालिकाः १
जम्मा वडाहरूः ११५७
जम्मा स्थानीय तहः १३७
जिल्लाः १४
मतदान स्थलः ८६१
जम्मा मतदान केन्द्र ३४५९
कुल मतदाताः २६,७४,५६३

प्रदेश २
गाँउपालिकाः ७८
नगरपालिकाः ४५
उपमहानगरपालिकाः ३
महानगरपालिकाः १
जम्मा वडाहरूः १२१२
जम्मा स्थानीय तहः १२७
जिल्लाः ८
मतदान स्थलः २१३७
जम्मा मतदान केन्द्र ३५६७
कुल मतदाताः २६,६४,७९२

प्रदेश ५
गाँउपालिकाः ७३
नगरपालिकाः ३२
उपमहानगरपालिकाः ४
महानगरपालिकाः ०
जम्मा वडाहरूः ९८३
जम्मा स्थानीय तहः १०९
जिल्लाः १३
मतदान स्थलः १६१२
जम्मा मतदान केन्द्रः ३१२५
कुल मतदाताः २४,५४,४८८

७ नम्बर प्रदेश
गाँउपालिकाः ५४
नगरपालिका ३३
उपमहानगर पालिकाः १
महानगरपालिकाः ०
जम्मा वडाहरूः ७३४
जम्मा स्थानीय तहः ८८
जिल्लाः ९
मतदान स्थलः ११०८
जम्मा मतदान केन्द्र १७८०
कुल मतदाताः १३,०३,७१४

Loading...