देउवाको चौथो सत्तारोहण

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा तथा काँग्रेस नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारको समर्थनमा उनी संसदबाट चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

शेरबहादुर देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए ।

नेपाली काँग्रेसको बिभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए । काँग्रेस पुनर्मिलन पश्चात उनी आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका थिए ।

वरिष्ठ नेता शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भएका हुन् । २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका छन् ।

उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्षसमेत भएका थिए । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति समेत हुन् ।

राजनैतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्र । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए।

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए । २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिठ नेतामा स्थापित भए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभएका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहेका छन् । ६० वर्षीय देउवा एक छोरा जयबिर देउवाका पिता हुनुहुन्छ र उनकी श्रीमती आरजु राणा देउवा पनि सांसद छन् ।

पारिवारिक पृष्ठभूमि
डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको शेर बहादुर देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा कुल भनेर चिन्दछन ।

युवावस्था
एउटा सम्भ्रान्त ठकुरी कुलमा जन्मेर पनि शेर बहादुर देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ । डडेल्धुरा जिल्ला अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो बिकट स्थानमा जन्मेका शेर बहादुर काठमाडौँ अध्यन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका थिए ।

उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो । युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेर बहादुर देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनि देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए |यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसंग वहाको लगन गाठो जोडियो ।

Loading...