एसियन कप छनोटः यमनलार्इ बराबरीमा रोक्दै नेपालले खोल्यो एक अंकसहित खाता

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले यमनलार्इ बराबरीमा रोकिएको छ । योसँगै नेपालले १ अंक पाएको छ ।

मंगलबार भएको होम म्याचमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको हो । सशस्त्र प्रहरीको हलचौक मैदानमा भएको खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेल फालेका थिए । नेपालका गोल किपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे ।

उनी म्यान अफ दि म्याच बने । नेपाली टोलीका प्रशिक्षकले यमन बलियो टोली भएको भन्दै नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए ।

पहिलो खेलमा फिलिपिन्ससँग ४-१ ले पराजित भएको नेपालले अर्को खेल ताजकिस्तानसँग खेल्नेछ । मंगलबारको खेलपछि समूह एफमा रहेको नेपाल एकसहित तेस्रो स्थानमा छ ।

यमन ४ अंकसहित शीर्ष स्थानमा उक्लिँदा फिलिपिन्स ३ अंकसहित दोस्रोमा छ भने अंकविहीन ताजकिस्तान पुछारमा छ ।

Loading...