यस्तो देखियो वुटवलको मनोनयन दर्ता

एमालेको किल्ला भत्काउने दाउमा काँग्रेस माअोवादी तालमेल

काठमाडौँ । ५ नम्बर प्रदेशका चारवटा उपमहानगरपालिका छन् । त्यसमध्ये सबैको ध्यान बुटवलमा केन्द्रीत छ । एमालेको पकड भएको बुटवल उपमहानगरपालिकामा एमाले विरूद्ध काँग्रेस र माअोवादी केन्द्रको गठबन्धन चुनावी प्रतिस्पर्धामा होमिएको छ ।

तीन ठूला पार्टीहहृरु एक्लाएक्लै लड्दा एमाले अगाडि रहने अनुमान रहेकोमा अब दुई ठूला पार्टीले एमालेलाई एक्लै पार्ने गरी गठबन्धन गरेपछि बुटवलको चुनाव थप रोचक बनेको हो ।

कुल १९ वडाहरु रहेको बुटवल उपमहानगरमा ६६ हजार ८४३ मतदाता छन् । जम्मा ९७ पदका लागि ४३९ जनाको मनोनयन दर्ता भएको छ । जसमा मेयरमा १५ जना र उपमेयरमा १२ जनाको उम्मेदवारी परेको छ ।

अाइतबार बुटवलमा मनोनयन दर्ता उल्लासमय बन्यो । बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी र कांग्रेस माओवादी गठबन्धनबाट खेलराज पाण्डेयका प्रतिस्पर्धामा छन् ।

पाण्डेय सरल शैलीका नेता हुन् भने सुवेदी मजदूर पृष्ठभूमिबाट आएका हुन् । संयोग कस्तो परेको छ भने एमालेबाट उपमेयरमा पनि मजदुर नेतृ गोमा आचार्य मैदानमा छिन् । कांग्रेस र माओवादीको गठबन्धनबाट माओवादी नेता जगत पोखरेल उपमेयरका प्रतिस्पर्धी हुन् । जगत पोखरेल युवा तथा विभिन्न संघसंस्थाको नेतृत्व गरेका उनी जेसिसको राष्ट्रिय अध्यक्षसमेत भइसकेका छन् ।

बुटवलमा नयाँशक्तिसहित संघीय समाजवादी फोरम, माले, जनमोर्चा नेपाल, अखण्ड पार्टीबीच चुनावी तालमेल भएको छ । उनीहरुले होमबहादुर गलामीलाई मेयरको उम्मेदवार बनाएका छन्

वडा तहमा काग्रेससँग सहमति गरे पनि जनमुक्ति पार्टीले मेयरमा जनक थापा र उपमेयरमा धनी आले मगरलाई अगाडि सारेको छ । यस्तै राष्ट्रिय जनमोर्चाका ढुण्डीराज शर्मा मेयरको मैदानमा छन् ।

 

 

फोटोः दिनेश कुमार श्रेष्ठ ।

Loading...