एसियाली पूर्वाधार बैंकले नेपालमा एक खर्ब १४ अर्ब लगानी गर्ने

काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंकले नेपालमा ठूलो मात्रामा लगानीगर्ने प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वाधार लगानी बैंकले नेपालमा उल्लेख्यमात्रामा लगानीगर्ने प्रतिवद्धता जनाएको वताएका हुन् ।

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश र्फकनेक्रममा शोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री कार्कीले नेपलमा लगानीकालागि वैंक व्यग्ररुपम प्रतिक्षमा रहेको वताए । बैंकले यो वर्षभिभत्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने सहमति गरेको मन्त्री कार्कीले उल्लेख गरे ।

अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको जानकारी दिएका हुन् । चीनको अग्रसरतामा स्थापना भएको एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खर्ब १४ अर्ब लगानी गर्ने जनाएको उनले वताए । यो रबकम अझै बढ्नपनि सक्ने उनको भनाई छ ।

बैंकले काठमाडौंको सामाकोसी–टोखा सडक स्तरोन्नतिका लागि २२ अरव, पोखरा–बेनी–जोमसोम सडक विस्तारका लागि १६ अरव, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अरव रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ । बैठकमा अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासका लागि सहयोग गरिदिन बैकसँग आग्रह गरे ।

अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशीयाली पूर्वाधार लगानी बैंक धेरै इच्छुक देखिएको पाइएको उल्लेख गरे । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशीयाली पूर्वाधार लगानी बैंक आतुर रहेको बताए ।

Loading...