साझा प्रकाशनका पीडित कर्मचारीको पत्रः साझालार्इ बचाउनुहोस

यस अघि पनि “म” पात्रले साझाभित्रको यथार्थता र कर्मचारीहरूमाथिको दमन बारेमा पिडारुपी पत्र प्रेषण गरेको थियो। यस पटकपनि “म” पात्र आफ्नो परिचय खुलाएर पत्र लेख्न सक्षम छैन किनकि साझामा प्रजातन्त्र शुन्य अवस्थामा अझ भन्नुपर्दा कोमा मै छ। पटक पटक हारगुहार गरी साझाभित्रको डोलिन्द्र र उनका करार कर्मचारीहरूको जम्बो टोलीको विध्वंशकारी गतिविधी रोक्नका निम्ति आग्रह गरियो , केही हदसम्म त्यो पहलकदमी सार्थकतातर्फ उन्मूख रहेपनि त्यो पर्याप्त भएन।

डोलिन्द्र शर्माले सम्पूर्ण कार्यकारिणी अधिकार आफूमा सिमित गरी गतिविधी संचालन गरी संस्थालाई नीजि सम्पत्तिको आभाष दिलाउने गरेको वारे “म” पात्रले यसअघि पनि गरेको कुरा यहाँहरूमाझ स्पस्ट नै छ।

केही अन्य राष्ट्रिय अखबारहरूले साझामा भईराखेका वेथिति केलाउँदै गरेको समाचारको वारेमा यत्रतत्र पढ्न पाईन्छ। दुःखकै कुरा मान्नुपर्छ ; देशको जिम्मेवार अंग मानिने पत्रकारिताको खोल ओढी केवल डोलिन्द्र र उनका गतिविधीको पृष्टपोषण गर्न खप्पिस पत्रकाररूपी केही व्यक्ति आफ्नो निश्पक्ष भई कार्य गर्ने धर्म विरूद्ध गई केवल महाप्रवन्धकको कुरामा सही थप्न पूरापूरी कसरतमा लागेका छन्। यी सब कुरा किन भए त भनेर अझ विस्तृतिकरण गर्नुपर्दा हरेक पत्रकारले डोलिन्द्र शर्माबाट मनग्य लाभ लिने गर्नाले त्यो उनीहरूको गतिविधी केवल नुनको सोझो थियो भनेर बुझ्न खासै कसरतको जरूरत देखिंदैन। पाठक वर्गले यो कुरा बुझ्न लाई विशेषत: डोलिन्द्र शर्मा र उनका स्ट्याटसहरूमा सही थप्ने पत्रकारको टोलीबाट प्रष्ट हुन्छ।

साझा प्रकाशनले अनुवाद पुस्तक छाप्ने जिम्मेवारी पाएको हुंदा हाल आंखामा छारो हाल्नेगरी केवल पांच सात प्रकारका किताव छापाखानाबाट बाहिर निकालिएको छ। स्मरण रहोस् यो पनि “म” पात्रले पत्र प्रेषण गरिसकेपछि सुरू गरेर बजारमा पठाईएको हो। ती पुस्तकहरू पनि अति नै कमसल पेपर प्रयोग गरी बनाइएको छ। पेस्टिंगमा पनि उस्तै लापरवाही गरिएको छ, जुन जोकसैले पनि सजिलै ठम्याउन सकिन्छ। डोलिन्द्रले असारमा अर्को किस्ता उपदान रकम दिन्छु भनेर समयावधि दिएका डोलिन्द्रको म्याद निकट छ। तर अहिले सम्म हामी लगायतका कर्मचारीहरूलाई केकति उपदान दिने हो प्रस्ट छैन। उपदान दिंदा समेत शर्माको विवेक उचित स्थानमा लागेमात्र पाइने आशा छ।

एस.ई.ई.परिक्षाको नतिजा आईसकेपछि साझाको मूख्य कारोवारको एक हिस्सा सवैको नेपाली , लिंक , एक चिहानको बिक्रीमा समेत डोलिन्द्र अत्यन्तै क्रूर देखिएका छन्। हालैमात्र डोलिन्द्र शर्माका दाहिने हात परियोजना प्रमूख डायलकबाबु हमाल लामो देशदौडाहाबाट केन्द्र फर्किएका छन्। हामीले देशका विभिन्नक्षेत्रमा रहेका साथीहरूसंग सोधिखोजी गर्दा डोलिन्द्र शर्माको अक्सफोर्ड पव्लिकेशनका पुस्तकका प्रवर्धन गर्न र सबैको नेपाली आफूहरूसंग लिनका लागि आग्रह गर्दै हिंडेको जानकारी प्राप्त भयो। यहाँ पाठकहरू अलमलमा के पर्नुहुँदैन भने डायलकले भनेको सबैको नेपाली साझा प्रकाशनको नभएर गतवर्ष डोलिन्द्रले छापेर उब्रिएका पुस्तकहरू र यस बर्ष अवैध छापेका पुस्तकहरू हुन्। यसमा कोही कसैलाई सन्देह भएमा देशभरका पाठ्यपुस्तकका मूख्य डिलरहरूमा सम्पर्क गर्दा सन्देह निर्मूल हुनेछ। साझा भित्र कर्मचारीहरूलाई पाँच लाखसम्म एउटै विलबाट उठाउनेलाई मात्रै तीस प्रतिशत छुट दिन पाईने परिपत्र दिने डोलिन्द्र कार्यालयको फोन प्रयोगगरी पुस्तक आफ्नोबाट लिन र जतिको पुस्तक लिएपनि तिस प्रतिशत छुट दिने उनको गैरजिम्मेवार अभिव्यक्तिको वारेमा कसले बोलिदिने?

संस्था प्रमुखले साझाका विक्रीकक्षबाट पुस्तक बिक्री गराउने कि; आफूले व्यक्तिगतरुपमा दिने? ध्यान दिन जरूरी छ। यस पल्ट पनि पर्याप्त मात्रामा पुस्तक नछापी बाहिरैबाट पुस्तक पठाई आफ्नो विक्री प्रवर्धन गर्न डोलिन्द्र र उनका सहयोगी डायलकबाबु सक्रिय छन्। साझाको पैसा खाएर नीजि व्यापार गर्ने डोलिन्द्रले साझालाई माथि उचाल्न खोजेका हुन् कि मास्न? विवेकशिल प्राणी भएका नाताले पाठकले एकपटक तटस्थ भई अहिलेको सिलसिलालाई मूल्यांकन गरिदिनुहोला। “म” पात्रका कुरामा कहिं कतै खोट देखिएको महसुस भएमा साझाका अन्य कर्मचारीहरूलाई नाम उल्लेख नगर्ने सर्तमा सोध्नुभएको खण्डमा जवाफ “म” पात्र को झैं पाउनुहुनेछ।

संचालकलाई दास सम्झने डोलिन्द्र शर्माको मानसिकताकै उपज होला, उनी संचालक समितिमा छुद्र रूपमा प्रस्तुत हुने! यसअघि पनि यसबारेको छनक संचालक समिति सदस्यको हतास, खिन्न, दु:खी प्रतिक्रिया र त्यसैमा जोडिएर लेखिएका पत्रपत्रिकाका पानामा देख्न पाईन्छ। संचालकको त मानमनितो नहुने साझामा कर्मचारी कुन अवस्थामा होलान्, आफै सोच्नुहोला। तलवसुविधा अझै सम्म पनि बांकी नै छ, संचयकोश जम्मा गर्न नपाएको नि निकै भईसक्यो। उधारो काम गरिरहनूपरेको छ। तलव दिंदा समेत यो तलव बराबरको काम गरेको छस् भनेर प्रश्न गर्ने उनको त्यो प्रश्न कामदारहरूमाथि गरिने अति नै निकृष्ट चरित्रको एक दृष्टान्त हो। तीस करोड रकम सकिसकेका डोलिन्द्र हरेकपटक संचारमाध्ययममा आऊँदा एक एक नयां टुक्का छाड्नेगर्छन् तर संस्थाभित्र ती कुनै पनि भएका हुंदैनन्। हिजो अधिकृतको आवश्यकता नदेखेर अति नै निखारिएका खारिएका अधिकृतको टोलीनै समाप्त पारेका डोलिन्द्रले तत् समय अधिकृत भनेका तलव लिई कामको सिन्को नभाँची तलव खाए भनेपनि हालको मिहें बिनाको दाँई देखिएको साझाको सम्पूर्ण

फांटहरूमा अनुभव नभएका कर्मचारीहरूलाई अत्याधिक लोडका साथ काममा लगाऊँदा कार्यकुशलतामा सोचेजत्तिको परिणाम नपाईने निश्चित भएको देख्दादेख्दै केवल कर्मचारीलाई विभिन्न मानसिक यातना दिई कार्यमा लगाउने उनको यो चरित्रको बारेमा खुलारूपमा परिचय खुलाई बोल्न कोही पनि तयार छैनन्। “म” पात्र पनि यसै चरित्रको एक उपज हो।

साझालार्इ आफ्नो निजि प्रकाशनगृहको रूपमा चलाउँदै महाप्रवन्धक शर्मा

पदको गरिमा पटक्कै नबुझेका डोलिन्द्रले केवल शक्ति केन्द्र अपनाई आफू चिनिने र तस्विर संकलन गर्ने धन्धाको रूपमा पदको गरिमालाई लिंदा हिजो कमलणि दीक्षित, क्षेत्रप्रताप अधिकारी, गणेश रसिक, कृष्णचन्द्रसिंह प्रधान, तुलसी भट्टराई, विष्णुविभू घिमिरे, धुर्वचन्द्र गौतम जस्ता अति बिशिष्ट , मूर्धन्य स्रस्टाहरू बसेको अतिनै गरिमामय कुर्सीको खिल्ली उडाएका छन्। हामी कर्मचारीहरूको सम्पूर्ण समूहले डोलिन्द्रलाई यो गरिमामय पद “बोकाको मूखमा कुभिन्डो” झैं भएको छ भन्ने मूल्यांकन गरेका छौं।

माथि उल्लेखित मूर्धन्य पूर्वपदाधिकारी बसेर अझ गरिमा उच्च स्थानमा पुगेको साझाको यो अध्यक्ष एवं महाप्रवन्धक पदलाई डोलिन्द्रले एउटा रमाईलोको रूपमा खडा गरिदिंदा संस्था नटवरलालको पेवा बनेको छ।

साझा प्रकाशनले दशकौंदेखि गरेको सेवा प्रति कृत्घ्न देखिएका केही साहित्यकारहरू केवल केहीरकम रोयल्टी डोलिन्द्रले दिएका भरमा उनको सबैकूरा नबुझी कर्मचारीहरूलाई गाली गर्ने गरेको सुनेर हामी अतिनै दुखी भएका छौं। एकपटक पनि कुरा के हो भनेर यत्रो वर्षसम्म सेवा गरेका कर्मचारीलाई नसोधी अतिरंजित कुरा स्वीकार गरी कर्मचारीलाई दोषारोपण गर्ने उनीहरूको शैलीले के वौद्धिकता झल्केला त?

एकपछि अर्को किर्ते काम गर्ने डोलिन्द्रलाई संचालकले अंकुश लगाउने स्थिति नहुनुमा उनको एकपछिको अर्को अराजक गतिविधीमाथिको सहज स्विकारोक्ति बन्न पुगेको छ।

यस पत्रमार्फत पुन एक पटक सम्पूर्ण कर्मचारीको हकहितमा बोल्ने ट्रेड युनियन, मानवअधिकार आयोग, साझाका अंशियार, साझाका पूर्व पदाधिकारी, सरकार, पत्रकार बन्धुहरू, राजनैतिक दल र साहित्यका पारखीहरुलाई हाम्रो पिडा यसै पत्र मार्फत लेख्ने जमर्को गरेका छौं। हाम्रो पक्षमा आवाज उठाई यहां उल्लेखित कुराहरूको सुक्ष्म अनुसन्धान गरि हाम्रो सम्पूर्ण समस्या समाधान गर्न सहयोग गरीदिनूहुन हार्दिक अनुरोध गर्दछौं।

भवदीय

पिडित कर्मचारीहरूको प्रतिनिधि पात्र “म”

Loading...