विदेशमा सक्रिय समाजसेवीलार्इ स्वागत

चितवन । चितवन उद्योग संघले विदेशमा रहेर समाजसेवामा सक्रिय दुई जनालाई स्वागत तथा सम्मान गरेको छ । आज एक कार्यक्रमबीच चितवन युवा समुह, दोहा कतारका सचिव एवम् एन.आर.एन कतारका सदस्य प्रकाश अर्याल र चितवन युवा समुह, दोहा कतारका सल्लाहाकार एवम् युथभिजन कम्पनिका डाइरेक्टर युवराज शर्मालाई स्वागत तथा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै चितवन युवा समुह, दोहा कतारका सचिव अर्यालले चितवन उद्योग संघको नेतृत्वमा निर्माण हुन लागेको चितवन प्रदर्शनी केन्द्रले समग्र जिल्लाको विकासमै महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले प्रदर्शनी केन्द्र निर्माणका लागि आफू आवद्ध संस्था र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेले प्रदर्शनी निर्माणका लागि हरेक क्षेत्रबाट सहयोगको आश्वासन आएको भन्दै यसलाई नेपालकै नमुना प्रदर्शनी केन्द्र बनाईने बताउनुभयो । उहाँले यसको निर्माण थालनी भईसकेको भन्दै विदेशमा रहेका नेपालीहरुबाट पनि सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका वरिष्ठ उपाध्यक्ष एवंम चितवन प्रदर्शनी केन्द्र निर्माण समितिका संयोजक भेषराज दुवाडीले प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएको जानकारी गराउँदै सरकारको सहयोगमा यसलाई पूर्णता दिने बताउनुभयो । उहाँले सरकारले दिने भनिएको १५ करोड रुपैयाँ र बाँकी चितवन उद्योग संघकै अगुवाईमा रकम संकलन गरि निर्माण कार्यलाई पूर्णता दिने बताउनुभयो । ३० करोड रुपैयाँ भन्दा बढि लागतमा निर्माण गर्न लागिएको अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गर्नुभएको थियो । सम्मान कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम पश्चात चितवन युवा समुह, दोहा कतारका सचिव प्रकाश अर्याल र चितवन युवा समुह, दोहा कतारका सल्लाहाकार एवम् युथभिजन कम्पनिका डाइरेक्टर युवराज शर्मा, चितवन युवा समूह, अन्र्तराष्ट्रिय समवन्य समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई निर्माणको क्रममा रहेको प्रदर्शनी केन्द्रको अवलोकन गराईको थियो । हाल प्रदर्शनी केन्द्रको जग निर्माणको काम भईरहेको छ ।

Loading...