जैविक प्रविधि सम्मेलन हुँदै

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको राष्ट्रिय जैविक प्रविधि सम्मेलन बुधबार देखि भरतपुरमा शुरु हुंदै छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, जैविक प्रविधि केन्द्र रामपुरको आयोजनामा पहिलो पटक जैविक प्रविधि सम्बन्धि राष्ट्रिय स्तरको बैज्ञानिक सम्मेलन भरतपुरको गार्डेन रिसोर्टमा हुन लागेको हो ।

२ दिने सम्मेलनमा देशभरका १ सय २५ जना प्राध्यापक तथा बैज्ञानिकहरुको सहभागिता रहने जैविक प्रविधि केन्द्र रामपुरले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । सम्मेलनको बुधबार राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले उद्घाटन गर्ने कार्यक्रम छ । जैविक प्रविधि संग संग्लन बैज्ञानिक, निति निर्माता, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यँर्थिहरुको सहभागिता रहने वताइएको छ ।

२ दिन सम्म चल्ने सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी प्रसाद ढकाल, सेवा आयोग अध्यक्ष प्रा.डा. रामनाथ ओझा, रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्ष्यपति तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवक ध्वज जिसि लगायतको उपस्थिति रहने छ । जैविक प्रविधि सम्बन्धि भएका अनुसन्धानका ३० भन्दा बढि कार्यपत्र प्रस्तुती गरिने कृषि तथा वन विज्ञान विश्वविद्यालय, जैविक प्रविधि केन्द्र रामपुरका निर्देशक डा. ईश्वरी प्रसाद कडरियाले जानकारी दिए । विज्ञहरुको समुहमा बृहत छलफल गरि राष्ट्रिय प्रविधि घोषणा २०७४ जारि गरिने छ ।

त्यस्तै स्नातक, स्नातकोत्तर तथा विध्यावारिधीमा अनुसन्धान गरि रहेका विद्यँर्थिहरुको अनुसन्धानात्मक नतिजाको पोस्टर प्रतियोगिता गरिने कडरियाले वताए । स्नातक, स्नातकोत्तर अध्ययनरत विद्यँर्थिहरु माझ जैविक प्रविधि कला प्रतियोगिता पनि गरिने उनले जानकारी दिए ।

 

Loading...