चितवनमा टेलिकमको फाइवर टु होम

चितवन । दुरसंचार कार्यालय भरतपुरले आफ्नो सेवा सुबिधा बिस्तारका लागि बिभिन्न कार्य गरिरहेको छ । सुचना र संचारले बिश्वलाइृ साघुरो बनाईरहेको समयमा चितवनमा आर्थीक बर्ष २०७४ ÷२०७५ भित्र फोर जि ईन्टरनेट सेवा संचालनमा आउने भएको छ ।

फोर जि ईन्टरनेट सेवा संचालनमा ल्याउनका लागि दुरसंचार कार्यालय भरतपुरले बिभिन्न कार्यहरु गरिरहेको दुरसंचार कार्यालय भरतपुरका कार्यालय प्रमुख ईन्जिनियर हरि ढकालले बताउनुभएको छ । नेपाल टेलीकम चितवनले ग्राहकको माग अनुसार फाईबर टु द होम हाई स्पिडमा चल्ने ईन्टरनेट सेवाको लागि कार्य गरिरहेको जनाएको छ ।

ग्राहकको माग अनुसार नै फाईबर टु द होम तथा अन्य सुबिधा प्रदान गर्नका लागि कार्य गरिरहेको दुरसंचार कार्यालय भरतपुरका कार्यालय प्रमुख ईन्जिनियर हरि ढकालले जानकारी दिनुभएको छ । यो सेवा चितवनका सबै व्यक्तिले पाएका भने छैनन । नारायणगढ र बजारका केही एरियामा सेवा संचालनमा रहेको र अन्य स्थानमा सेवा पु¥याउने कार्य तदारुकता साथ गरिएको बताउनुभएको छ । चितवनमा लगभग अहिले सम्म १ सय वटा मात्र बि टि एस संचालनमा रहेको बताउदै चितवनलाई संचार क्षेत्रको उत्कृष्ठ पहुच भएको ठाउको रुपमा बिकसित गर्न दुर संचार को कभरेज नपुगेको ठाउमा सेवा बिस्तार र बि टि एस संचालन गर्ने कार्य गर्ने समेत बताउनुभएको छ ।

दुरसंचार कार्यालय भरतपुरले बिद्युतका पोल प्रयोग गरेवापतको राजस्व केन्द्रिय स्तरबाटै दिईरहेको र चितवनमा दुरसंचारका पोलमा केबुल तथा अन्य सेवाप्रदायकको अवस्था कस्तो र कति तार रहेको अध्ययन गरिने कार्यालयले जनाएको छ ।

Loading...