लेखा व्यवस्थापन तालिम सुरु

चितवन । सहकारीको लेखा व्यवस्थापनमा टेवा पुराउने उदेश्यका साथ के.आई नेपालले लेखा व्यवस्थापन सम्बन्धि ५ दिने तालिमको आयोजना गरेको छ । तालिमको उद्घाटन गर्दै कालिका नगरपालिकाकी नवनिर्वाचित उपमेयर कमला भट्टराइले लेखाको पाटो सम्पुर्ण संस्थाको महत्वपुर्ण विषय भएको बताइन् ।

तालिमले लेखा राख्ने प्रणाली र यसको व्यवस्थापन गर्न सहभागिहरुलाई सक्षम बनाउने आशा व्यक्त गरिन् । के.आई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराइको अध्यक्षतामा सम्पन्न भएके कार्यक्रममा चेतना चेली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सत्यदेवी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

तालिममा रुपन्देही,कपिलवस्तु,नवलपरासी,पर्सा र चितवन गरी ५ जिल्लाका विभिन्न सहकारीमा आबद्ध रहेका २५ जना महिलाहरुले सहभागिता रहेकोके.आई नेपालकी जिल्ला संयोजक केमिका घिमिरेले बताइन् ।सहभागिहरु विभिन्न सहकारीको संचालन समितीका सदस्य र शेयर सदस्य छन् ।

उनिहरुलाई लेखा व्यवस्थापन सम्बन्धी प्रेम अधिकारीले प्रशिक्षण दिनेछन् ।के.आई नेपालले मानव वेचविखन र लैङिक हिंसा विरुद्ध विगत देखि काम गर्दै आएको छ । साथै संस्थाले वेचविखनमा परेका महिलाहरुका लागि जिल्लामा सुरक्षित आवासको निर्माण समेत गरेको छ ।

Loading...