सहकारी सम्बन्धि आधारभुत तालिम

चितवन । भरतपुरमा स्थापना भएको त्रि–रत्न उपभोक्ता सहकारी संस्था लिमिटेडले शनिबार संस्थाका शेयर सदस्यहरूकालाई सहकारी सम्बन्धि एकदिने आधारभूत तालिम दिएको छ । सहकारी संस्थाको शिक्षा उपसमितिले आयोजना गरेको तालिममा एकसय पचास जनाभन्दा बढी शेयर सदस्यहरूको सहभागीता रहेको थियो ।

२०७१ सालमा भरतपुर तमू नगरगुठीले संस्थाका सदस्यहरुलाई आर्थिक बचत गराउने तथा ऋण कार्यक्रमको रुपमा ल्याएको संस्थता २०७३ समलमा सहकारी अभियानमा आवद्ध भई वैधानिकता प्राप्त गरेपछि सहकारी संस्थाको रूपमा सञ्चालनमा आएको हो । संस्थाका शेयर सदस्यहरूलाई सहकारी सञ्चालन कसरी गर्ने, बचत, ऋणलगायतका कारोबार कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले एकदिने तालिमको आयोजना गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक नारायणसिंह गुरूङले जानकारी दिए ।

कतिपय शेयर सदस्यहरू सहकारी संस्थाबाट टाढा रहेकाले विशेषतः उनीहरूलाई नै लक्षित गरेर तालिमको आयोजना गरिएको उनले बताए । तालिममा जिल्ला सहकारी डिभिजन कार्यालय भरतपुरका प्रशिक्षक रामबाबु पौडेल र ऋषि भुषालले सहजीकरण गरेका थिए । उक्त कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टीकाराम भट्ट प्रमुख अतिथि रहेका थिए भने कार्यक्रम संस्थाको शिक्षा उपसमिति संयोजक नारायणसिंह गुरूङको अध्यक्षतामा भएको हो । १२५ जना सदस्यबाट सुरु भएको संस्थामा अहिले १७० जना पुगेको सहकारी संस्थाका अध्यक्ष देवेन्द्र गुरूङले जानकारी दिए ।

Loading...