अन्तर्राष्ट्रिय सहकारी दिवसमा कार्यक्रम

चितवन । अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा एभेष्ट्र बचत तथा रिण सहकारी संस्थाले शैक्षीक सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक बिद्यालयमा अध्ययनरत जेहेन्दार र आर्थीक अवस्था कम भएका शेयर सदस्यका छोरा छोरीको लागि शैक्षीक सामग्री बितरण हो ।

सो कार्यक्रममा सामुदायिक बिद्यालयमा अध्ययनरत ३५ जना जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग स्वरुप शैक्षीक सामग्री बितरण संस्थाले जनाएको छ ।

कार्यक्रममा नेफेस्कुयन संचालक शान्ति अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी लेखा समिति संयोजक संगिता अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिब सन्त लाल प्रधानले कार्यक्रम बारे प्रकाश पानुृभएको थियो । संस्थाकी व्यवस्थापक सरु ढकालले सहजीकरण गर्नुभएको सो कार्यक्रम उपाध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको थियो ।

Loading...