वन विश्वविद्यालयमा अार्थिक चलखेलः अांगिक क्याम्पस नखोली निजि क्याम्पसलार्इ सम्बन्धन दिने तयारी

विद्यार्थी संगठनद्वारा विश्वविद्यालय प्रशासनमा ताला

चितवन । कृषि तथा वन बिज्ञान विश्वविद्यालयको रामपुर स्थीत केन्द्रिय कार्यालयमा तालाबन्दी भएको छ । विश्वविद्यालयले नेपाल सरकारले ७ प्रदेशमा स्थापना गर्ने भनेको विश्वविद्यालयको आगिंक कलेज स्थापना गर्नुको साटो निजी कलेजलाई सबन्धन दिने खेलमा पदाधीकारीहरु लागेकोले केन्द्रिय कार्यालयमा तालाबन्दि गरेको कृषि तथा वन बिज्ञान विश्वविद्यालय अखिल क्रान्तिकारीका अध्यक्ष विश्वास अम्गाईले बताउनु भयो ।

विश्वविद्यालयका पदाधीकारीहरु मिलेर आफनो लगानीमा कलेज खोल्ने र त्यसलाई कृषि तथा वन बिज्ञान विश्वविद्यालयबाट सबन्धन दिई गरिव जनताका छोराछोरीमाथी शोषण गर्ने खेल भएकाले त्यस्तो कार्य रोक्न आफुहरु लागेको उहाको भनाई छ ।

विश्वविद्यालयले नवलपरासिको गैडाकोटमा दुईवटा कलेज, परासीमा १ कलेज, झापामा १, ईटहरीमा १, सप्तरीमा १ सुर्खेतमा १ टिकापुरमा १ र काठमाण्डौमा १ गरि १० वटा निजि कलेजलाई सम्बन्धन दिने तयारी गरेको कृषि तथा वन बिज्ञान विश्वविद्यालय नेपाल बिद्यार्थी संघ रामपुरका अध्यक्ष सोभित खनालले बताउनु भयो । करोडौँ रकम आर्थीक चलखेल गरी निजि कलेज सञ्चालनको तयारीमा विश्वविद्यालयका पदाधीकारीहरु लागेको उहाको आरोप छ ।

विश्वविद्यालयबाट पहिलो ब्याज समेत उत्पादन नहुदै यो खालको गलत प्रयास गर्नु दुखद भएको उहाको ठहर छ । विश्वविद्यालयले नेपाल सरकारले ७ प्रदेशमा स्थापना गर्ने भनेको विश्वविद्यालयको आगिंक कलेज स्थापना गरी गरिव जनताका छोरालाई निशुल्क शिक्षा प्रदान गरी देशको आर्थीक बिकासमा लाग्नुको साटो करोणै रकम चलखेल गरी देशलाई थप कंगाल बनाउन निजि कलेजस्थापनाको तयारी दुखद भउको बिदार्थीहरुले बताएका छन् ।

पदाधीकारीहरुले यो निर्णय नसच्याए सम्म आन्दोलन जारी राख्ने बिद्यार्थीहरुले बताएका छन् । रामपुरमा रहेको क्याम्पस नजिकै रहेको कलेजमा सम्वन्धन दिनुको अर्थ नभएको र विश्वविद्यालयकै पदाधीकारीको शेयर रहेको कलेजमा पहिला सम्वन्धन दिनु झनै शंकाको अवस्था रहेको विध्यार्थी संगठनहरुले बताएका छन् ।

Loading...