तुलसीपुरमा एमाले विजयी

दाङ । जिल्लाको तुलसीपुर नगरपालिकाको मेयर र उपमेयर दुवै एमालेले जितेको छ । मेयरमा एमालेका घनश्याम पाण्डेले २२८५७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरी १८९०३ मत ल्याएर पराजित भए ।

माओवादी केन्द्रका मेयर उम्मेदवारले ८६९३ मात्र मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी माया आचार्य २१०३७ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देबिका नेपालीले २०१८५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादीकी उपमेयर उम्मेदवार सीता ओलीले ९०५१ मत पाइन् ।

योसँगै दाङको सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । एमाले ६ स्थानीय तह जित्दै पहिलो बनेको छ भने कांग्रेसले ३ र माओवादी केन्द्रले १ स्थानीय तह जितेका छन् ।

Loading...