विर्तामोड नगरपालिकामा एमाले विजयी

झापा । जिल्लाको राजनीतिक र ब्यापारिक केन्द्र विर्तामोड नगरपालिकामा एमाले विजयी भएको छ । विर्तामोडको प्रमुख पदमा एमालेका ध्रुव शिवाकोटी ९११० मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका जलकुमार गुरुङले ८२१६ मत प्राप्त गरे ।

उप प्रमुखमा एमालेकै पवित्रा महतारा प्रसाईं १०४३७ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकै पार्वता गिरीले ९०११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Loading...