धरानका निर्वाचन अधिकृत हटाइए, ५९ घन्टापछि मतगणना सुरू

इटहरी । जिल्लाको धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीकोमा राखेपछि विवाद भएर स्थगित भएको धरानको मतगणना सुरू भएको छ । बुधबार राति अबेरसम्म चलेको बैठक पछि मतगणना सुरू गर्ने सहमति गरेको हो ।

यो सँगै स्थगति मतगणना ५९ घन्टादेखि सुरू भएको छ । प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का मतदान अधिकृत कमल थापालाई नियुक्त गरी वडा नम्बर १ देखि ८ सम्म गनि सकिएको मतको पुनः रुजु गर्ने र गणना भइरहेको वडा नं ९, १० र ११ को मत पुनः गणना गर्ने सहमति भएको छ ।

अब कसैले पनि गल्ती दोहोरिन नदिनका लागि सतर्कता अपनाउने पनि सहमति भएको बताइएको छ । मतगणकका रुपमा रहेका दुई कर्मचारीले गरेको नियोजित गल्तीप्रति गम्भीर आपत्ति जनाउँदै आएको नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलको आग्रहमा ती कर्मचारीहरु हाललाई निलम्बित भएको बताइएको छ भने अरू बाँकी ती कर्मचारीले कस्तो सजाय पाउने हुन् भन्ने यकिन भइसकेको छैन ।

गणना भइसकेको वडाको नतिजाअनुसार वडा नं १ र २ मा नेपाली काँग्रेसले सबै पद जितेको छ भने ३, ४, ५, ६, ७ र ८ वडामा नेकपा (एमाले)ले जितेको छ ।

धरान उपमहागनरको कुल ८० हजार मतदातामध्ये ५३ हजार ८१२ मत खसेको छ ।

Loading...