लुम्विनी सांस्कृतिक नगरपालिकामा राजपका कन्हैयाबाबु बने मेयर

रूपन्देही । जिल्लाको लुम्विनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका राजपाका उम्मेदवार विजयी भएका छन् । विश्वसम्पदा सूचिमा सूचिकृत भगवान गौतम बुद्धको जन्मभूमी लुम्विनसमेत रहेको नगरपालिकामा स्वतन्त्र चुनाव चिन्ह शंख लिएर चुनावमा होमिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ८१७५ मत प्राप्त गरी विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७०३९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् । उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४७२० मत लिएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४५८८ मत प्राप्त गरेकी छन् ।

Loading...