इटहरी उपमहानगरमा एमाले विजयी

इटहरी । इटहरी उपमहानगरपालिकाको मेयर र उममेयरमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका द्वारिकलाल चौधरीले २२४१२ मत ल्याएर मेयरमा विजयी भए । त्यसैगरी उपमेयरमा एमालेकै उम्मेदवार लक्ष्मी गौतमले २२१४२ मत प्रप्त गरी विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका मेयर उम्मेदवार रोहित प्रसाईंले १९९८५ मत प्राप्त गरे । त्यस्तै उपमेयरकी उम्मेदवार बिमला ढकालले १८८५२ मत ल्याएकी थिइन् ।

Loading...