सहकारीका शेयर सदस्यहरुको निःशूल्क स्वास्थ्य परीक्षण

चितवन । समझदारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको लागि आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन आज दुई सय ५ जनाले सेवा लिएकाछन् ।

शिविरमा फिजिसियन तर्फ एक सय १० र स्त्री रोग तर्फ ९५ जनाले स्वास्थ्य प्िक्षण गराएको संस्थाका व्यवस्थापक अर्जुन लामिछानेले बताए । नारायणी सामुदायीक अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा डाक्टर किशोर गौतम,केशवराज पाण्डे,हरि सेडाई,आशिष गौतम र आयूषा अर्यालले स्वास्थ्य परिक्षण गरेकाथिए ।

मानव स्वास्थ्यका विविध पक्षबारे सचेतना समेत गराइएको लामिछानेले बताए ।सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत आफ्ना शेयर सदस्यहरुका लागि स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तर राख्दै आएके सचिव मनोज बरालले बताए ।अस्पतालका मेडिकल डाइरेक्टर लोक बहादुर सेडाई प्रमुख अतिथि रहेको कार्यक्रम सहकारीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको हो ।

Loading...