माडीमा बजार अनुगमन

चितवन । संयुक्त अनुगमन टोलीले माडिमा बजार अनुगमन गरेको छ । जिल्ला प्रसासन, पशु सेवा कार्यालय पंक्षि बिकास कार्यालय उपभोत्ता र पत्रकारको संयुक्त टोलीले माडी पुगी माडीको किराना पसल मासु पसल तथा भेटनरी पसलको अनुगमन गरेको हो ।

जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख पशु चिकित्सक डा डिल्लि राम सेडाईको नेत्रित्वमा जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत ओम नारायण शर्मा सहित माडि पुगेको अनुगमन टोलीले माडिका १ दर्जन बढि पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा माडीमा सञ्चालनमा रहेका सबै जसो मासु पसल तथा भेटनरी पसलहरु पुर्ण रुपमा पक्रिया पुरा गरि सञ्चालनमा रहेको पाईएको र मासु पसलहरुले पनि हाइजेनिक ब्यवस्थापन गरेको गरेको भेटिएको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा बिकास श्रेष्ठले बताउनु भयो ।

भरतपुरका मासु पसलहरु भन्दा माडि क्षेत्रका पसलहरु बढि ब्यवस्थीत र कानुनि प्रक्रिया पुर्ण रुपमा पालन गरी सञ्चालनमा आएको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले बताउनु भयो । केहि किराना पसलमा म्याद नागेको थोरै मात्रामा पेय पदार्थ भेटिएको भउपनि अन्य कुनै खालका समस्या नदेखिएको उहाको भनाइृ छ ।

माडिका सुन पसल देखी सानो सानो किराना पसल सम्म दर्ता गरेर सञ्चालनमा रहेको पाईएको र सरसफाईदेखी अन्य सबै कुराहरुमा उनिहरु सचेत देखिएको उहा बताउनु हुन्छ । माडिका किसानहरुको जिवन स्थर उकासनका लागी कार्यालयले मासु पसल सञ्चालनका लागी किसानलाई अनुदान दिएको र उनिहरुले सञ्चालन गरेको ब्यवसाय को निरिक्षणका साथै त्यहा सञ्चालनमा आएका भेटनरी पसलहरुको अवस्था र अनुहरुले बिक्री गर्ने औषधी र दर्ता प्रक्रियाका बारेमा निरिक्षणका लागी कायालयले अनुगमन गरेको कार्यालय प्रमुख सेडाईले बताउनु भयो ।

कार्यालयले जिल्लाका सवै क्षेत्रहरुमा अनुगमनका काम लाई अगाढी बढाएको उहा बताउनु हुन्छ । टोलीमा राष्टीय पंक्षी रोग अन्भेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाई,उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषाल लगायतको सहभागीता रहेको थियो ।

Loading...