पाठेघर सम्बन्धि स्वास्थ्य परीक्षण

चितवन । महिलाको पाठेघर सम्बन्धि भरतपुर महानगरपालिका ६ गितानगरका महिलाको आइतबार स्वास्थ्य परिक्षण गरिएको छ । तमुस्यो छोंज धिं भरतपुर ६ गितानगरको आयोजनामा इन्द्रपुरीका ५५ जना महिलाको पाठेघर सम्बन्धि स्वास्थ्य परिक्षण गरिएको हो ।

विपि कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरको प्राविधिकमा स्वास्थ्य परिक्षण गरिएको हो । क्यान्सर अस्पतालको भिआइए विषेशज्ञ तारा दवाडिको नेतृत्वमा महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण गरिएको तमुस्यो छोंज धिं भरतपुर ६ गितानगरकी अध्यक्ष मुना गुरुङले जानकारी दिइन् । महिलाको पाठेघरको मुखको क्यान्सरमा १४ प्रकारका खतरनाक जिवाणु रहने भिआइए विषेशज्ञ तारा दवाडिले वताइन् ।

महिलाहरुमा हुने क्यान्सर मध्ये सबैभन्दा बढि पाठेघरको मुखको क्यान्सर हुने वताउंदै उनले स्वास्थ्यमा सचेत रहन आग्रह गरिन् । क्यान्सर बाट बंच्न नियमित व्यायम गर्न एवं सुरक्षित यौन सम्पर्क गर्नुुपर्ने चिकित्सकहरु वताउंछन् । त्यस्तै चिल्लो, पोलेको एवं बोसो युक्त खानेकुरा नखान चिकित्सकहरुको सुझाव छ । तमुस्यो छोंज धिंका सल्लाहकार उमर जंग तमुले स्वास्थ्य परिक्षण कार्यक्रम सराहनिय भएको वताए ।

तमुस्यो छोंज धिं भरतपुर ६ गितानगरकी अध्यक्ष मुना गुरुङले सामाजिक कार्यको नमुना मध्ये स्वास्थ्य परिक्षण पनि एक रहेको वताउंदै विना संकोच स्वास्थ्य परिक्षण गराउन महिलाहरुलाइ आग्रह गरिन् । पाठेघरको स्वास्थ्य परीक्षणमा प्राय महिला लजाउने गरेकोले स्थानिय स्तरमा यो कार्यक्रम गरिएको उनको भनाइ छ । समयमै उपचार गराउन सके धेरै जसो क्यान्सर निको हुने भन्दै उनले निर्धक्क स्वाथ्य परीक्षण गराउन सुझाव दिइन् ।

Loading...