१५ दिने नाट्य कार्यशाला सम्पन्न

चितवन । राष्ट्रिय सास्कृतिक संस्थान आयोजना र नारायणी कला मन्दिरको सह आयोजनामा असार ११ गते आईतवार देखि चितवनको नारायणी कला मन्दिरमा भएको १५ दिने नाटक सम्वन्धी कार्यशाला गोष्ठि सोमबार सम्पन्न भएको छ ।

चितवन र नवलपरासीको ३० जना युवा युवतीहरुको सहभागिता रहेको कार्यशालामा रंगकर्मी नरेन्द्र बराल र पुष्प आचार्यले प्रशिक्षण दिनुभएको थियो । असार ११ गते आईतबारबाट कार्यशाला शुरु भएको थियो । सो समापन कार्यक्रममा बरिष्ठ्र कलाकार ऋद्धिचरण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

उहाले कार्यक्रममा बोल्दै यस्ता खालका कार्यशाला गोष्ठिले प्रतिभालाई निखार्न मदद्त पुग्ने बताउनुभएको थियो । कलाकारिता सजिलो र सोचे जस्तो नभएको व्यवहारमा उतार्न गाहे भएपनि प्रशिक्षणबाट धेरै कुराहरु सिक्न पाएको सो कार्यशालामा सहभागिहरुले बताएका छन । साथै उनिहरुले आगामी दिनमा पनि यस्ता कार्यशाला लाई निरन्तरता दिनुपर्ने बताएका हुन ।

सो समापन कार्यक्रममा संयोजक पुष्प आचार्यले स्वागत मन्तब्य व्यक्त गनुृभएको थियो । कार्यक्रमलाई नारायणी कला मन्दिरका कार्यबहाक अध्यक्ष अमर प्रधानले सभापतित्व गर्नु भएको थियो भने कार्यक्रमलाई सचिव उद्धव जोशीले संचालन गर्नु भएको थियो ।

Loading...