स्क्रिन प्रिन्ट प्रदर्शनी हुँदै

चितवन । नेपालमा नै पहिलो पटक चितवनमा स्क्रिन प्रिन्ट प्रर्दशनी २०१७ हुने भएको छ । आगामी साउन २ र ३ गते उद्योग वाणिज्य संघ चितवन परिसरमा हुने प्रर्दशनीबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

प्रर्दशनी विहान १० बजेदेखि मध्यान्ह ५ बजेसम्म चल्ने छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको प्रदर्शनीमा स्क्रिन प्रिन्ट,गार्मेन्ट प्रिन्ट,सब्लीमेशन प्रिन्टका नयां प्रविधि र प्रयोगबारे जानकारी गराइने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम प्रर्दशनीका संयोजक राजन गौतमले बताए ।दुई दिने प्रर्दशनीमा नेपाल तथा भारतका व्यवसायीहरुले प्रविधि,केमिकल र मसीको प्रयोगबारे प्रत्यक्ष जानकारी गराउने तयारी गरीएको छ ।

सानो लगानीमा राम्रो व्यपार विस्तार गर्दै स्वरोजगार अपनाउन सकिने भन्दै प्रवद्र्धनका लागि कार्यक्रम गर्न लागिएको संयोजक गौतमको भनाई छ । स्क्रिन प्रिन्ट,गार्मेन्ट प्रिन्ट,सब्लीमेशन प्रिन्टको दायरा निकै फराकिलो रहेको स्क्रिन प्रिन्टस् नेपालका अध्यक्ष प्रभात ढुड्डानाले बताए ।नेपाल भरी छरिएर रहेका सो प्रकृतिका व्यवसायीहरुलाई एकिकृत गर्दै कच्चा पदार्थ,उपकरण,नयां प्रविधि र नयां व्यवसायीलाई आकर्षण गर्नका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको उनले बताए ।

व्यवसायबारे जानकार नहुंदा उपभोक्ताले समेत सहज सेवा लिन नसकेको अवस्थामा प्रर्दशनीले वयवसायको विस्तारसंगै नयां व्यवसायी उत्पादनमा पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । बढी भन्दा बढी सहभागि जुटाउन प्रर्दशनीमा निशुल्क प्रवेशको व्यवस्था गरीएको संयोजक गौतमले बताउनुभएको छ ।

Loading...