दुई सय करोडको लगानिमा नारायणी सामुदायीक अस्पतालले सेवा विस्तार गर्ने

चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा सञ्चालित नारायाणी सामुदायिक अस्पताललाई २ सय करोडको लगानीमा अत्याधुनिक हस्पिटलको रुपमा विस्तार गरिने भएको छ । २०६२ साल असारमा एनपिआई गु्रप अन्र्तगत ५० शैयाबाट सेवा सुरु गरेको नारायाणी सामुदायिक अस्पतालले २ सय करोडको लगानी अत्याधुनिक हस्पीटलको विस्तार गरिने जनाएको छ ।

अस्पतालको ११ औँ बार्षिकोत्सवका विषयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठले भने २ सय करोडको लगानी बन्ने अस्पतालका लागि ६६ कठ्ठा जग्गा यसै बर्ष खरिद भईसकेको छ । हामी अब नेपालकै अत्याधुनिक अस्पताल बन्नेछौँ ।

भरतपुर महानगरपालिकाको वडा नं. ९ बन्ने अस्पतालमा मुटु, मृगौला र क्यान्सर रोगको उपचार गर्न अत्याधुनिक अस्पताल बन्ने उनले दावी गरे । आगामी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको अत्याधुनिक अस्पतालमा पेट स्क्यान मेसिन, गामानाईफ (ब्रने रेडियोथ्रेरापी), जिन थ्रेरापी सहित रोबटबाट अप्रेशन गर्न प्रविधि समेत भित्राउने बताए ।

हामी अब विदेशमा होईन्, नेपालका विरामीलाई चितवनमा नै विश्वस्तरको उत्कृष्टको उपचार दिने सक्छ भन्ने उद्दाहरण दिन समेत यति ठूलो लगानीमा आउन लागेको बताए । सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक चुडामणि खनालले बार्षिकउत्सवको पारेर यहि ३० गते अस्पतालको सम्पूर्ण सेवा ५० प्रतिशत छुट गरिएको समेत जानकारी दिए ।

साथै सोही अवसरमा अस्पताल अबदेखि पत्रकार महासंघमा आवद्ध रहेका सबै पत्रकारहरुको उपचारमा २५ प्रतिशत छुट दिने घोषण समेत गरेका थिए । अस्पतालले ओपिडि, मेजर र माईनर शल्यक्रिया सगैँ हाइडेफिनेसन इन्डोषकोपी सेवा, दुरविन प्रविधिबाट अप्रेशन प्रविधि, महिलाको स्तनको क्यानसर उपचार लगायतका सेवामा आफुहरुलाई अब्बल सावित गर्दै आएको छ ।

अस्पतालमा ३ वटा मेजर अप्रेशन कक्ष, २ वटा माईनर, १० शैयाको आईसियू, ५ शैयाको पोष्ट अप्रेशन आईयिसू, १० शैयाको एआईसियू, ११ शैयाका इर्मेजन्सी सेवा, ६ शैयाको डे केयर, १५ शैयाको अर्थोपोडिक, १० शैयाको गाईने, १५ शैयाको पिडियाट्रिक लगायतका सेवासगैँ हरेक वार्डमा विपन्नलाई निशुल्क उपचार गराउदै आएको जनाएको छ ।

Loading...