तेस्रो चरणको निर्वाचनः राजपालार्इ यसरी राखिँदै छ बाहिर

काठमाडौँ । राजपालाई तेस्रो चरणको चुनावबाट बाहिर राख्न तीन दलको षड्यन्त्रमा उपेन्द्र र गच्छेदारको समर्थन
काठमाडौँ । असोज दुई गते हुन गई रहेको स्थानीय तहको तेस्रो चरणको चुनावबाट राष्ट्रीय जनता पार्टी नेपाललाई बाहिरै राख्न तीन ठूलाबीच गोप्य सहमति भएको राजपाका नेताहरूले अारोप लगाएका छन् । सरकारले सजिलै दुई तिहाई पुर्याउन सक्ने अवस्था रहे पनि प्रमुख प्रतिपक्षीको बहानामा संविधान संशोधन प्रक्रियालाई अघिनै नबढाउने आतंरिक सहमति भए पछि राजपा सशंकित बनेको छ ।

तीन दलको यस सहमतिमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बिजय कुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम दुबैको पनि समर्थन दिएका छन् ।

सोमवार सम्म जसरी पनि संविधान संशोधन विधेयकलाई मतदानमा लिएर जाने र आवश्यक दुई तिहाई बहुमत जुटाउने तयारीमा रहेका प्रधानमन्त्री शेर बहादुर देउबा मंगलबार अचानक यू-टर्न लिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संगको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले तेस्रो चरणको चुनाव भन्दा पहिला संविधान संशोधनको प्रक्रियालाई अघि नबढाउने आतंरिक सहमति भएको बालुवाटार निकट उच्च स्रोतले जनाएको छ।

बालुवाटार बैठकमा संविधान संशोधन प्रक्रिया संसदमा भोटिंगको लागि ल्याए त्यो पारित हुन सक्ने सम्भावना देखेरै यो सहमति गरिएको स्रोतले बतायो। राप्रपाले अन्तिम समयमा आएर संशोधनको पक्षमा मतदान गरि दिए संशोधन पारित हुने र यसको सबै फाइदा दुई नम्बर प्रदेशमा राजपालाई हुने भएकोले एमाले बिरोधको नाममा संशोधन प्रक्रियालाई अघि नबढाउने कुरामा तिनै दलहरू सहमत भएका हुन् ।

बालुवाटार बैठक पछि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले संविधान संशोधन प्रक्रिया तत्काल अघि नबढाउने जानकारी गराएका थिए । निधिले भनेका थिए, एमालेले संशोधन प्रक्रियामा विरोध गरेको र राप्रपाका सबै सांसदले समर्थन नगर्ने हुनाले संविधान संशोधन प्रक्रिया तत्कालका लागि अघि नबढाउने निष्कर्षमा हामी पुगेका छौँ।

त्यतिमात्र नभइ माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले समयत यस्तै संकेत दिएका छन् । उनले तत्काल संशोधन प्रक्रिया अगाडि बढाउन नसकिने बताएका छन् ।

यता मंगलबार बालुवाटारमा भएको बैठकमा राजपासँग सरकारले निर्वाचनमा सहभागि हुने ग्यारेन्टी माग गरेको थियो ।

उपेन्द्र र गच्छेदारको पनि समर्थन
तीन दलको गोप्य सहमतिमा उपेन्द्र यादव र बिजय कुमार गच्छेदार दुबै दलको पनि समर्थन रहेको छ । तेस्रो चरणको मतदान अगाडि संविधान संशोधन भए त्यसको चुनावी फायदा राजपालाई नै हुने भएकोले उपेन्द्र र गच्छेदारले पनि तीनदलको यस निर्णयमा कुनै बिरोध गरेका छैनन ।

दुई चरणको निर्वाचनमा नराम्रोसँग पछाडि परेका उनीहरूले राजपालाई जसरी पनि तेस्रो चरणको मतदानबाट बाहिर राखे आफूहरुलाई फाइदा पुग्ने निष्कर्षसहित संविधान संशोधन चुनाव पछि नै हो भन्ने चाहेको स्रोतले बतायो ।

यता दोस्रो चरणको निर्वाचनमा सहभागि नभएपनि केही स्थानमा स्वतन्त्र रूपमाले चुनावी मैदानमा होमिएको राजपाले तेस्रो चरणको निर्वाचनका लागि अान्तरिक तयारी थालेको थियो । राजपा संशोधन पास हुने विश्वासमा चुनावको तयारीमा थियो तर राजपालार्इ बाहिरै राख्ने षड्यन्त्र भइरहेको छ, राजपाका एक नेताले भने ।

राजपाले निर्वाचन अायोगमा दल दर्ताका लागि निवेदन समेत दिएको छ ।

Loading...