गोर्खाल्याण्ड समर्थकले बन्द गरिदिए टिस्टा विद्युत गृहः पश्चिम बंगाल प्रभावित

दार्जीलिङ । भारतको पश्चिम बंगालमा छुट्टै गोर्खाल्याण्डको माग गरि अान्दोलन गरिरहेका नेपाली भाषीले भारतको पश्चिम बंगालमा विद्युत अापूर्ती बन्द गरिदिएका छन् । पश्चिम बंगालको महत्वपूर्ण रहेको टिस्टा जलविद्युत परियोजा ३ बन्द गर्दै विद्युत आपूर्ति बन्द गरिदिएका छन् ।

आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका हन् । परियोजनाका सवारी चालकहरुले हाकिमलाई साँचो बुझाउँदै सवारी साधनसमेत नचलाउने बताएका छन् ।

टिस्टा–३ जलविद्युत परियोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको छ । यहाँ विद्युत उत्पादन नहुँदा पश्चिम बंगालसहित अन्य भारती क्षेत्र समेत प्रभावित भएका छन् ।

आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् । साथै टिस्टा–४ जलविद्युत आयोजनामा पनि तालाबन्दी गर्ने आन्दनलनकारीले चेतावनी दिएका छन् ।

गत वर्ष भारतमा चर्किएको जाटहरुको आन्दोलनमा हरियाणाबाट जाने दिल्लीको पानीको मुहान थुन्ने प्रयास भएको थियो । त्यसबेला सेना परिचालन गरेर पानीको हडताल असफल पारिएको थियो ।

योसँगै भारतीय दार्जीलिङ शहर अँध्यारो हुन थालेको स्गानीय सञ्चार माध्यमले लेखेका छन् । पहाडका नदीनालाहरुबाट बिजुली निकालेर त्यसको आम्दानीचाहिँ बंगाल सरकारले लिने गरेको गुनासो दार्जीलिङबासीहरुले गर्न थालेका छन् ।

Loading...