६०८ जनाको धरौटी जफत

चितवन । पहिलो चरणको स्थानिय तह निर्वाचन अन्तर्गत सम्पन्न चितवनका ६ तहका ६ सय ८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

भरतपुर महानगरपालिका बाहेकका तहमा उम्मेदवारी दिएका १ हजार ५ सय १९ मध्ये ६ सय ८ जनाको धरौटी जफत भएको जिल्ला निर्बाचन कार्यलय चितवनका प्रमुख हरी ढकालले जानकारी दिए । भरतपुर महानगपालिकाको भने निर्वाचन सम्पन्न हुन बांकी छ ।

चितवनको माडी नगरपालिकामा ६१ जना, रत्ननगर नगपालिकामा १ सय ७९ जना, कालिका नगरपालिकामा १ सय ६ जना,राप्ती नगरपालिकामा १ सय १७ जना ,खैरहनी नगरपालिकामा १ सय ३३ जना र ईच्छाकामना गाँउपालिकामा १२ जना उम्मेदवारको धरौटी जफत भएको कार्यलयले जनाएको छ ।

चितवनका ७ स्थानिय तहमा भएको निर्बाचनमा २ हजार २ सय ३ जना उम्मेदवारहरु चुनाबी प्रतिस्पर्धामा होमिएका थिए । जसमध्ये भरतपुर महानगरपालिकामा मात्रै ६ सय ८४ जना उम्मेदवार बनेका थिए । चितवनका ६ स्थानिय तहमा निर्वाचनमा सहभागी ५० प्रतिशत भन्दा बढी उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका छैनन् । निर्बाचन कार्यलयले निर्बाचन खर्च पेश गर्न दिएको समयमा ७ सय २० जनाले मात्रै निर्बाचन खर्च पेश गरेका छन् । भरतपुर महानगर बाहेकका १ हजार ५ सय १९ उम्मेदवार मध्ये ७ सय २० जनाले मात्रै निर्बाचन खर्च पेश गरेको कार्यालयले जनाएको छ ।

निर्बाचन समपन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने प्रवधान भएपनि आधा वढी उम्मेदवारहरुले खर्च विवरण पेश नगरेको कार्यलय प्रमुख हरी ढकालले जानकारी दिए । भरतपुर बाहेकका ६ स्थानीय तहका ७ सय ९९ जना उम्मेदवारहरुले निर्बाचन खर्च पेश गर्न बाँकी रहेको कार्यलयले जनाएको छ । केन्द्रमा विवरण पेस गर्दा समयमा वुझाएको र नवुझाएको छुट्टा छुट्टै खुलाएर पठाइने ढकालले वताए ।

Loading...