निर्वाचन अायुक्तलार्इ १५ करोडको गाडी किन्दै अायोग

काठमाडौं । करोडौं मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका बिलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ ।

अाजको नागरिक दैनिकका अनुसार निर्वाचनपिच्छे करोडौंका गाडी खरिद गर्दै आएको आयोगले यसपटक पनि प्रमुख आयुक्त र चार आयुक्तका लागि कार खरिद प्रक्रिया अघि बढाएको हो ।

संसदबाट आर्थिक वर्ष ०७४–७५ को बजेट पारित भएकै भोलिपल्ट शुक्रबार आयोगले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै पाँचवटा एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) कार खरिदका लागि बोलपत्र आह्वान गरेको हो । एसयुभी सुरक्षित र अत्याधुनिक गाडी मानिन्छ । एउटा एसयुभी कारको मूलय दुई करोड ३० लाखदेखि ३ करोड रुपैयाँसम्म पर्छ ।

स्मरणीय छ, यसअघि गाडी किन्ने विषयमा आयोगका सचिव गोपीनाथ मैनालीले असहमति जनाएपछि उनको सरुवा नै गरिएको थियो ।

Loading...