लियो क्लबको पद एवं अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न

लियो क्लब अफ काठमाडौँ निर्बाना लगायत अन्य ६ वटा क्लबको संयुक्त आयोजनामा शनिबार राजधानीमा पद हस्तानतरण कार्यक्रम एवं अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा बर्ष २०१६—२०१७ मा उत्कृष्ठ योगदान गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । लियो क्लब अफ काठमाडौँ निर्बानाको बर्ष २०१६—२०१७ को अध्यक्ष मनिष राज शाहको सभापतित्वमा सम्पन्न उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लब्स इन्टरनेशनल ३२५ बि२ नेपालका सकेण्ड डिस्ट्रिक्ट गर्भनर अनुप कुमार पहारी, मुख्य अतिथी निबर्तमान गर्भनर डिके ढुंगाना, सिनियर एडभाइजर आरएस महतो, एडभाइजर भोजराज न्यौपाने, चिफ एरिया कोर्डिनेटर दिनेश खरेल, एरिया कोर्डिनेटर आदर्श नारायण प्रधान लगायतको ब्यक्तित्वहरुले एवार्ड बितरण गरेका थिए ।

लियो क्लब अफ काठमाडौँ निर्बानाका सदस्यहरुले उत्कृष्ट कार्य गरे बापत बिकल्प पौडेल, बिक्रम पौडेल, यूवराज शर्मा, अश्मिता तिवारी, स्मृती घिमिरे, प्रतिक लम्साल, किरण लामा, मन्दिरा थापा र जगन्नाथ पोखरेलले एवार्ड पाएका छन् ।

बिशेष सम्मान लियो क्लब एडभाइजर भोजराज न्यौपाने र लियो क्लब को—एडभाइजर आदर्श नारायण प्रधानलाई गरिएको थियो । राजन राज खनाल, सरोज महतो, नभराज शिलवाल, दिपेश डंगोललाई एप्रिसेसन एवार्डले सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा नो सेभ नबेम्बरको बिजेता दिबेश पौडेल र उप बिजेता संजय सिंह केसीलाई एवार्ड बितरण गरिएको थियो ।

उक्त समारोहमा लियो क्लब अफ काठमाडौँ सेन्ट्रल टाउन र लियो क्लब अफ भ्यालीलाई बिशेष अहोभाब पत्रले सम्मान गरिएको अध्यक्ष मनिशराज शाहले जानकारी दिए ।

उक्त कार्यक्रम लियो क्लब अफ काठमाडौँ निर्बाना, लियो क्लब अफ ड्रिम्स, लियो क्लब अफ मातृभूमी, लियो क्लब अफ हिमालयज पाटन, लियो क्लब अफ क्यापिटल सिटी, लियो क्लब अफ यूनाइटेड सेन्ट्रल, लियो क्लब अफ पाटन उर्जाले आयोजना गरेको थियो । उक्त कार्यक्रममा नयाँ कार्यकालको कार्यसमितिहरुलाई प्रशिक्षण पनि गरेको थियो ।

Loading...