वेलायती सम्बन्धन प्राप्त होटल म्यानेजमेन्ट कलेज चितवनमा

चितवन । माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरि चितवनको सौराहामा अभिमुखीकरण दिइएको छ ।
भरतपुरमा रहेको फोब्र्स कलेज र रत्ननगरमा रहेको ज्ञानसुधा टेक्निकल कलेजले सोमबार विद्यार्थीहरुको लागि डिप्लोमा तहको व्यावसायिक सीपमूलक होटल म्यानेटमेन्टका बारेमा अन्तरक्रिया गरेका हुन् ।
एसईई जुन सुकै ग्रेडमा पास गरेका विद्यार्थीले पढ्न पाउने तथा १० जोड दुईमा फेल भएका र रिजल्टको प्रतीक्षामा रहेका विद्यार्थीको लागि समेत १८ महिने होटल म्यानेजमेन्ट लाभदायक रहेको फोब्र्स कलेजका प्रिन्सिपल दिपक गौतमले बताए । १८ महिने पढाई पुरा गरेपछि विद्यार्थीहरुलाई रोजगारको समेत राम्रो अवसर प्रदान गरिने गौतमको भनाइ छ ।
होटल म्यानेटमेन्टको कोर्ष पुरा हुने समयावधीमध्ये सुरुको छ महिना नेपालमा नै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप प्रदान गरिने उल्लेख गर्दै गौतमले एक वर्ष भने इन्टनसीपको लागि विदेशमा लगिने जानकारी दिए । विदेशमा इन्टनसीप गरिरहदा विद्यार्थीले खान र बस्ने सुविधा सहित मासिक २० हजार रुपैयाँ तलब समेत पाउने गरि पठाइने गौतमको भनाइ थियो ।
अर्गनाइजेसन अफ टुरिजम हस्पिटालिटी म्यानेटमेन्ट युकेबाट मान्यता पाएको कलेजले ४० प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पढाउने गरि कोटा छुट्याएको छ । अन्तरक्रिया कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थी र अभिभावक सहभागी थिए भने कार्यक्रमका प्रमुख अतिथि रत्ननगरनगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलराम दाहाल रहेका थिए । कलेजका प्रिन्सिपल दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अन्जन उप्रेतीले स्वागत मन्तव्य राखेका थिए ।

Loading...