कृष्णप्रसाद अधिकारी हत्या काण्ड अझै किनारा लागेन

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको ३ बर्षभन्दा बढि भइसक्दा पनि जिल्ला अदालत चितवनले मुद्धाको किनारा लगाउन सकेको छैन । जिल्ला अदालत चितवनमा ३ बर्ष नाघेका मुद्धा एउटा मात्रै रहेको छ । फरार अभियुक्तलाइ पक्राउ गर्न नसक्दा अधिकारीको हत्या मुद्धा फैसलामा ढिलाइ भएको हो । त्यस्तै १८ महिना नाघेका ४ ओटा मुद्धाहरु पनि जिल्ला अदालत चितवनमा फैसला हुन बांकी छ । गैंडा मारेको १ ओटा, गंैडाका खाग ओसारपसार सम्बन्धि २ ओटा र कर्तव्य ज्यानको १ ओटा मुद्धाको फैसला गर्न बांकी छ । आर्थिक बर्ष ०७३÷७४ मा ६० प्रतिशत मुद्धाको किनारा लगाउने लक्ष्य लिएको जिल्ला अदालत चितवनले ७३ प्रतिशत मुद्धाको किनारा लगाएको छ । आव ०७२ ÷७३ को १ हजार ४४ ओटा मुद्धा ०७३÷७४ का लागि सरेर आएको थियो । आर्थिक बर्ष ०७३÷७४ मा जम्मा २ हजार ३ सय ५१ ओटा नयां मुद्धा दर्ता भएको थियो । गत आव ०७३÷७४ मा २४ सय ८० मुद्धाको फैसला भई ०७४÷७५ का लागि ९ सय १५ ओटा मुद्धा सरेर आएको छ । जिल्ला अदालतमा गत आवमा परेको बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा अन्तर्गत ३३ ओटा रिटको फैसला भएको र ४ ओटा रिट यस आवका सरेर आएको अदालतका सुचना अधिकारी केशव प्रसाद पौड्यालले जानकारी दिए । त्यस्तै नियमित सुनुवाई अन्तर्गत गत आवमा २ सय १० ओटा मुद्धा दर्ता भएकोमा १ सय ४३ ओटा मुद्धाको फैसला भएको छ । मानाचामलमा ६६ ओटा मुद्धा पछ्यौट भई ४१ ओटा मुद्धा बांकी रहेको छ । जवरजस्ति करणीका ४८ मुद्धा पछ्यौट भई १५ बांकी र मानव बेचविखनका १३ मुद्धा पछ्यौत भई ७ ओटा मुद्धा फैसला हुन बांकी छ ।

Loading...