चार गजलकार सुनिए एउटै मञ्चमा

चितवन । चितवनका ४ जना गजलकारले शनिबार एकै मञ्चबाट आफ्ना स्रोतालाई गजल सुनाइका छन् । गजलकारहरु कृण्ण प्रसाद सिंखडा, दिग्गज धौराली, मुक्त उदास र विमर्श कंडेलले आफ्ना गजलहरु वाचन गरेकाहुन् । गजल मन्च चितवनले गजलसग…को दोस्रो श्रृंखलामा उनीहरुलाई उभ्याएको हो ।

गजलकारहरुले ३ चरणमा आफ्ना ७÷७ वटा गजल वाचन गर्दा साहित्य अनुरागीहरु मन्त्रमुग्ध बनेका थिए । एक दशक अगाडी गजल सृजना शुरु गरेका चारै जना सर्जकहरु एउटै मञ्चमा पाउंदा श्रोता समेत उत्साहीत बनेका थिए । चितवन लगाएत काठमाडौं, पोखरा, दाङ, नवलपरासी, कोहलपुर, गोर्खा बाट गजल स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रम अग्रज र अनुजको मिलनविन्दु बनेको थियो ।

गजलसंग …को श्रृखंलाले चितवनलाई साहित्यको गजल विधासंग पनि नजिक बनाएको महसुस भएको स्रष्टाहरुले बताए । साहित्य उत्थानको लागी विभिन्न कार्यक्रममा पनि विविधता ल्याउनुपर्ने भन्दै गजलसंगको कार्यक्रम राखिएको कार्यक्रम संयोजक सिर्जना सिलवालले बताइ् ।

Loading...